islami sangh nepal
Sec Bottom Mockup

इस्लामी संघ नेपालद्वारा नुवाकोटमा बाढीपीडितहरूबीच राहत सामग्री वितरण

  • Aug. 29, 2026

news image

इस्लामी संघ नेपालद्वारा नुवाकोटमा बाढीपीडितहरूबीच राहत सामग्री वितरण

मिति: २०८३ भदौ १३ गते

इस्लामी संघ नेपालका अध्यक्ष डा. शमीम अहमद रियाजीको नेतृत्वमा मुस्लिम नेतृत्व तथा वरिष्ठ नेतृत्व सम्मिलित एक टोली बाढी प्रभावित परिवारहरूका लागि राहत सामग्री लिएर नुवाकोटका प्रभावित क्षेत्रमा पुगेको छ। इस्लामी संघ नेपालले कठिन परिस्थितिमा सधैं नेपाली जनतासँग उभिदै र सके सम्म सहयोग गर्दै आएको छ । नेपालमा जब–जब बाढी, भूकम्प वा अन्य कुनै प्राकृतिक विपत्ति आएको छ, इस्लामी संघ नेपालले पीडितहरूको सहयोगमा आफ्ना कर्तव्यहरू पुरा गर्ने प्रयास गर्दै उनीहरूको साथमा दृढतापूर्वक उभिँदै आएको छ । हामी सबैको जिम्मेवारी हो कि इस्लामी संघ नेपाललाई पूर्ण सहयोग गरौँ र अझ सशक्त बनाऔँ, ताकि नेपाली मुस्लिम समुदायले देश र जनताको सेवामा, विशेषगरी बाढी तथा विपत्तिबाट प्रभावित परिवारहरूको सहयोगमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्न सकून्।

यस मानवीय अभियानले विपत्तिको समयमा नेपाली समाजमा आपसी सहयोग, सहकार्य र मानवीय संवेदनाको भावना अझ बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने छ भन्ने आशाका साथ यस्ता सेवामूलक कार्यले नेपाली मुस्लिम समुदायले देश र जनताको सुख–दुःखमा साथ दिँदै राष्ट्र निर्माण तथा मानवीय सेवामा निर्वाह गर्दै आएको भूमिकालाई समेत अझ बलियो बनाउने विश्वास लिएको छ ।

इस्लामी संघ नेपालले आगामी दिनमा पनि प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको सहयोगमा आवश्यकताअनुसार आफ्नो सेवा र सहयोगलाई -इन्शा अल्लाह- निरन्तरता दिने छ ।

उक्त अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मन, स्वयंसेवक, नेतृत्व तथा टोलीका सदस्यहरूप्रति इस्लामी संघ नेपाल हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।

नेपाल सरकारले पनि यस्ता राष्ट्रिय तथा मानवीय सेवाको भावना र प्रयासलाई उच्च सम्मानका साथ हेर्दै आएको छ ।

Sec Bottom Mockup
العربية English