islami sangh nepal
Sec Bottom Mockup

समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृतिहरुका विरुद्ध खबरदारी कार्यक्रम – २०८१

  • Oct. 30, 2024

news image

समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृतिहरुका विरुद्ध खबरदारी कार्यक्रम – २०८१

मिति: २०८१ कार्तिक १४ गते, बुधवार
स्थान: माइतिघर मण्डला, काठमाडौं

पछिल्लो समय नेपाली समाजमा पश्चिमी संस्कार, अन्धानुकरण र समलैंगिकता, लिङ्ग परिवर्तन तथा गर्भपतनजस्ता विकृत सोचहरू तीव्ररूपमा फैलिँदै गएको सन्दर्भमा, समाज र संस्कृतिको रक्षा तथा धार्मिक मूल्यमान्यताको संरक्षण गर्ने उद्देश्यले उक्त खबरदारी कार्यक्रम आयोजना गरिएको हो।

  • समलैंगिक विवाह, लिङ्ग परिवर्तन तथा अनैतिक गर्भपतन विरुद्ध चेतनामूलक सन्देश दिनु।

  • नेपाली समाजमा फैलँदै गइरहेको नैतिक पतन, यौन विकृति र पारिवारिक संरचना विरुद्धको हमलाको विरुद्ध आवाज उठाउनु।

  • नागरिक स्तरमा धार्मिक, सांस्कृतिक र सामाजिक चेतना जागृत गर्नु।

कार्यक्रमका विशेषता:

  • माइतिघर मण्डलामा सयौँको संख्यामा सर्वसाधारण, युवाहरू, धर्मगुरुहरू, सामाजिक अभियन्ताहरूको शान्तिपूर्ण उपस्थित

  • ब्यानर, प्लेकार्ड, नाराहरू सहित विरोध प्रदर्शन।

  • मौन धारण, प्रार्थना, र संकल्प कार्यक्रममा सहभागीता।

  • सञ्चार माध्यमको उपस्थितिसहित खबरदारी सन्देशको प्रभावकारी प्रसारण।

नेपालको मौलिक धार्मिक, सांस्कृतिक र पारिवारिक मूल्यमा आँच पुर्‍याउने विकृति र पापपूर्ण गतिविधिहरू विरुद्ध यो कार्यक्रम सजग र सशक्त आवाजको रुपमा स्थापित भयो। उक्त कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो भने इस्लामी संघ नेपालका अध्यक्ष मौलाना नजरुल हुसेन फलहीको समेत सहभागिता जनाएका थिए । सहभागी जनसमुदायमा चेतना, विश्वास र राष्ट्रिय मूल्यको रक्षा गर्ने भावना सशक्त रुपमा देखिएको थियो।

Sec Bottom Mockup
العربية English